तिलोत्तमाको मेयरमा गृहमन्त्री खाँणका भाइ सिफारिस
गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर तिलोत्तमा नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेस तिलोत्तमा नगर कार्यसमितिले खाँणका भाई लाई नै सिफारिस गरेको छ । नगर कार्यसमितिले खाँणका भाईसहित सात जनाको नाम सिफारिस गरेको हो ।
नगर कार्यसमितिको बैठकले सातै जनाको नाम सिफारिसश गर्ने निर्णय गरेको नगर सभापति हरिलाल पाण्डेले बताए । मेयरका लागि दाबी गरेका सातै जनाको नाम सिफारिस गरिएको उनले बताए ।
तिलोत्तमाबाट मेयरका लागि सिफारिस हुनेमध्ये एक जना गृहमन्त्री खाँणका सहोदर भाइ एव नेपाली कांग्रेस रुपन्देही जिल्ला सभापति रामकृष्ण खाँण रहेका छन् । खाँण २०७४ सालको निर्वाचनमा तिलोत्तमा नगरको मेयरका उम्मेदवारसमेत हुनु । उनी नै यो पटकको पनि बलियो उम्मेदवार मानिन्छन्।
उनका साथसाथै तिलोत्तमा नगर सभापति हरिलाल पाँण्डे, महासमिति सदस्य चित्र केसी, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महाधिवेशन प्रतिनिधि माधव प्रसाद भण्डारी, रोमणी प्रसाद पाठक, तिलोत्तमा ८ का अध्यक्ष नारायण न्यौपाने र क्षेत्रीय प्रतिनिधि कविता अर्यालको नाम मेयरमा सिफारिस भएको छ।