संसद विघटनबारे चुइक्क नबोल्न एमाले नेताहरूलाई ओलीको निर्देशन
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नै पार्टीका नेताहरूलाई प्रतिनिधिसभा विघटन गलत थियो भन्ने अभिव्यक्ति नदिन निर्देशन दिएका छन् । स्थानीय तहको निर्वाचन नजिकिएसँगै ओलीले यस्तो निर्देशन दिएका हुन् ।
एमाले अध्यक्ष ओलीले भूलेर पनि प्रतिनिधिसभा विघटन गलत थियो भन्ने अभिव्यक्ति नदिन निर्देशन दिएको बताइएको छ । प्रतिनिधिसभा विघटन ओलीले चलेको गलत कदम भएको भेन्ने कतिपय नेताहरूको अडानका बीच यस्तो निर्देशन दिएको बताइएको छ ।
केन्द्रीय सल्लाहकार परिषद्को बैठकमा कतिपय नेताहरूले संसद विघटनबाते निर्वाचनको बेला बोल्नसक्ने भन्दै ओलीले कडा निर्देशन दिएको बताइएको छ । बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले प्रतिनिधिसभा विघटन गरेकै कारण एमाले अहिले प्रमुख शक्ति बनेर अगाडि बढिरहेको दाबी समेत गरेका छन् ।
ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ गते आफू प्रधानमन्त्री पदमा रहेका बेला गरिएको प्रतिनिधिसभा विघटनको भुलेर पनि विरोध नगर्न भनेका हुन् ।
‘केही केही साथीहरूले यस्सो मौका पर्या बेला प्रतिनिधिसभा विघटन त गलतै थियो भन्ने पनि गर्नुभएको छ,’उनले भने, ‘यस्ता खालका गलत कुराहरू हाम्रो सल्लाहकार परिषद्का कोही पनि कमरेडहरूले भूलचुकले पनि नबोल्न आग्रह गर्दछु । वास्तवमा प्रतिनिधिसभाको विघटन विल्कुल जायज थियो र नै आज हामी यहाँ छौं ।’