अब मतदाता नामावली सच्याउन नमिल्ने - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

अब मतदाता नामावली सच्याउन नमिल्ने



मतदाता नामावलीको विवरण हेरफेर गर्न वा सच्याउन नमिल्ने निर्वाचन आयोगले जनाएको छ । अन्तिम मतदाता नामावली प्रकाशित भइसकेका कारण थपघट गर्न तथा सच्याउन नमिल्ने आयोगले जनाएको छ।

आयोगले फाल्गुन १९ देखि २६ सम्म मतदाता नामावली अद्यावदिक कार्यक्रम गरेको थियो ।

आयोगले १३ चैतमा नै दोहोरो नामावली हटाउने लगायतका प्रक्रिया पूरा गरी अन्तिम मतदाता नामावली प्रकाशन गरिसकेको छ। तर, नामावली प्रकाशन भएपछि पनि मतदाता नामावली सार्न, सच्याउन पाउ भन्ने निवेदन आइरहेकाले मतदाता नामावलीको काम अहिलेलाई सकिएको आयोगले जनाएको छ।

स्थानीय तहको चुनाव सम्पन्न भएपछि भने मतदाता नामावली संकलन र अद्यावधिकको कार्य पुनः सुचारु हुने आयोगको भनाइ छ ।