माओवादीका शक्तिशाली नेता नै राप्रपामा प्रवेश
नेकपा माओवादी केन्द्रबाट नेपालगन्ज उपमहानगरपालिकाको मेयरका आकांक्षी नन्दलाल वैश्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन्। राप्रपाको केन्द्रीय महामन्त्री डा. धवलशमशेर राणाले उनलाई बिहीबार अविरावरण गरेर पार्टी प्रवेश गराएका हुन्।
बिहीबार वैश्यले मात्र पार्टी प्रवेश गरे भने शुक्रबार अरु स्थानीय नेता तथा कार्यकर्तालाई प्रवेश गराउने कार्यक्रम रहेको राप्रपाले जनाए। उनी नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीका सहसचिवसमेत रहेको उनी नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन्।
उनको परिवारका अन्य सदस्य राप्रपाको राजनीतिमा लागेका छन्। वैश्यको प्रवेशले नेपालगन्जमा पुनः वचश्र्य स्थापित गर्न मद्दत पुग्ने राप्रपा केन्द्रीय महामन्त्री राणाले बताए।
राप्रपामा वैश्यको प्रवेशसँगै नेकपा माओवादीका उम्मेदवारलाई स्थानीय तहको चुनावमा असर पुग्ने देखिन्छ। वैश्य राप्रपाबाट मेयरमा लड्ने बताइएको छ। उनले राप्रपाको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकामा मेयर लड्ने तयारी गरेकैले पार्टी परिवर्तन गरेको बताइन्छ ।
यता राप्रपामा प्रवेश गरेका वैश्यले हिजो राजनीतिक बाटो विराएर अन्यत्रै रुमलिएको भन्दै अब सही बाटोमा आएको बताए। ‘हिजो जसरी इमान्दारीता र कर्तव्यनिष्ट भएर राजनीति गरे, अब पनि कही कतै नडगमगाइ राजनीति गर्छुँ।’ अबको मुलुक परिवर्तनका लागि राप्रपानै एक शक्ति भएको उनको दाबी छ।
नेपालगन्ज उपमहानगरपालिकामा अघिल्लो स्थानीय तहको निर्वाचनमा राप्रपाले जितेको थियो। अहिले सत्ता साझेदार दलहरुबीचको चुनावी गठबन्धनले एमाले र राप्रपालाई चुनौती थपिएको छ।