माओवादीलाई भन्दा नेकपा (एस)लाई बढी भाग
धनगढी- गठबन्धन गर्ने पाँच दलीय निर्णयले नेकपा एकीकृत समाजवादीलाई कतिपय स्थानीय तहमा लट्री नै परेको छ । बझाङमा माओवादीले भन्दा नेकपा एसले बढी भाग पाएको छ ।
स्थानीय चुनावका लागि सत्ता गठबन्धनबीच भागबण्डा टुंगिएसँगै स्थानीय तह रहेकोमा बझाङमा नेपाली कांग्रेसले दुई नगरपालिकासहित सात, नेकपा (एस) ले तीन र माओवादी केन्द्रले दुई स्थानीय तह पाएका छन्।
कांग्रेसको भागमा जयपृथ्वी नगरपालिका, बुगंल नगरपालिका, साइपाल गाउँपालिका, मष्टा गाउँपालिका, खप्तड छान्ना गाउँपालिका, सुर्मा गाउँपालिका र बित्थडचिर गाउँपालिका परेको छ। नेकपा (एस) ले केदारस्यु गाउँपालिका, तल्कोट गाउँपालिका र थलारा गाउँपालिका पाएको छ।
यस्तै माओवादीले दुर्गाथली गाउँपालिका र छब्बिस पाथिभेरा गाउँपालिका पाएको छ।
यस्तै उप्रमुख तथा उपाध्यक्षमा नेपाली कांग्रेस ६, माओवादी केन्द्र ४ र नेकपा एसले २ पालिका पाएका छन्। बुधबार चैनपुरमा बसेको सत्ता गठबन्धनको बैठकले भागबण्डा टुंग्याएको हो।