उपमहानगरको भागबण्डा पनि मिल्यो: कुन कुन कसलाई ?
पाँचदलीय सत्ता गठबन्धनमा देशका ११ वटा उपमहानगरको भागबण्डामा सहमति भएको छ । भागबण्डाअनुसार ११ मध्ये ७ उपमहागरपालिकाको मेयर कांग्रेसले पाएको छ । बालुवाटारमा बसेको गठबन्धनको बैठकले भाबण्डामा सहमति जुटाएको हो ।
सहमतिअनुसार माओवादी केन्द्रले दुई र नेकपा एकीकृत समाजवादी र जसपाले एक एक उपमहानगरमा मेयर पाएका छन् । कांग्रेसले बुटवल, तुलसीपुर, इटहरी, धरान, कलैया, नेपालगञ्ज र धनगढीमा मेयर उठाउनेछ ।
यस्तै माओवादी केन्द्रले घोराही र जितपुर सिमरा पाएको छ भने एकीकृत समाजवादीले हेटौँडा र जसपाले जनकपुरधाम पाएको छ । सहमतिअनुसार कांग्रेसले ६ उपमहानगरमा उपमेयर पाएको छ । तर, उपमेयर पाउने उपमहानगरपालिकाको टुंगो भने लागिसकेको छैन।
यसअघि गठबन्धनले मंगलबारै ६ वटा महानगरको भागबण्डामा सहमति जुटाएको छ । कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर पाउँदा माओवादीले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जसपाले वीरगञ्ज पाएको छ ।