लुम्बिनी प्रादेशिक अस्पतालको टेण्डर घोटालाबारे भण्डाफोर गर्ने तयारीमा घिमिरे - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

लुम्बिनी प्रादेशिक अस्पतालको टेण्डर घोटालाबारे भण्डाफोर गर्ने तयारीमा घिमिरे



लुम्बिनी प्रादेशिक अस्पतालको टेण्डर प्रक्रियामा घोटाला भएको भन्दै रोकिएको टेण्डरको विषयमा छानबिन गर्न गठित समितिले मुख्यमन्त्री कुलप्रसाद केसीलाई रिपोर्ट बुझाएकै दिन प्रदेश पूर्वाधार प्राधिकरण लुम्बिनीका पूर्व कार्यकारी प्रमुख अनन्तराज घिमिरेले टेण्डर प्रकरणका मुख्य योजनाकार नै छानबिन समितिका संयोजक बनेको बताएका छन्।

छानबिन प्रतिवेदनमा टेण्डर प्रक्रियामा आफूलाई दोषी देखिनेगरी पेस गरेको पाएपछि उनले विभिन्न सञ्चार माध्यममा आएका समाचार आफ्नो फेसबुकमा शेयर गर्दौ छानबिन समितिका संयोजक एवम् लुम्बिनी प्रदेशका मुख्यन्यायाधिवक्ता श्रीकृष्ण सुबेदीलाई मुख्य योजनाकार बताएका हुन्।

उनले आफूसँग एथेस्ठ प्रमाण रहेको बताउँदै काठमाडौं पुगेर नालिबेली र प्रमाण सार्वजनिक गर्ने बताएका छन्। उनले आफू दलालको दलाल बन्न नसकेर राजीनामा दिएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन्, ‘मुख्य योजनाकर नै छानबिन समितिका संयोजक, देशलाई १५० करोड लुट्ने योजनाको भन्डाभोर गर्दै मैले राजीनामा दिएको हुँ । म काठमाडौं आएपछि भ्रष्टहरूको नालिबेली र प्रमाण सार्वजनिक गर्नेछु । दलाल को दलाल बन्न सकेन हजुर ।’