कांग्रेसको उत्कृष्ट चुनावी गीत बनाउनेलाई दुई लाख ७५ हजार पुरस्कार - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

कांग्रेसको उत्कृष्ट चुनावी गीत बनाउनेलाई दुई लाख ७५ हजार पुरस्कार



नेपाली कांग्रेसले आफ्नो पक्षमा उत्कृष्ट चुनावी गीत बनाउनेलाई दुई लाख ७५ हजार पुरस्कार घोषणा गरेको छ।

प्रवक्ता डा.प्रकाशशरण महत संयोजकत्वको स्थानीय तह निर्वाचन केन्द्रिय प्रचार–प्रसार समिति अन्तर्गत रहेको सांस्कृतिक समन्वय उपसमितिले यस्तो घोषणा गरेको हो।

उपसमिति संयोजक डीबी गुरुङका अनुसार आसन्न स्थानीय निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसको पक्षमा चुनावी गीतहरु (अडियो/भिडियो) निर्माण गरी प्रचार–प्रसार भइरहेको गीत पठाउनु पर्नेछ। यसरी पठाइएका गीतलाई छनोट समितिको निर्णय अनुसार पुरस्कृत गरिनेछ।