भरतपुरमा मुख्य निर्वाचन अधिकृत फेर्नुको रहस्य के हो ? - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

भरतपुरमा मुख्य निर्वाचन अधिकृत फेर्नुको रहस्य के हो ?



काठमाडौं- निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि भरतपुर महानगरपालिकामा निर्वाचन अधिकृत हेरफेर गरेको छ। अधिकृत हेरफेर गरेलगत्तै यसबारे विभिन्न टिकाटिप्पणी हुन थालेका छन् ।

अघिल्लो स्थानीय चुनावमा मतगणनाको बेला बत्ति निभाएर मतपत्र च्यातेको आरोप लागेको थियो । अहिले अधिकृत परिवर्तन गर्दा त्यहि खालको टिप्पणी हुन थालेको छ ।

आयोगले मतदान हुन एक महीना बाँकी छँदा जिल्ला न्यायाधीश हेमन्त रावललाई मुख्य निर्वाचन अधिकृतबाट हटाएको हो। चितवनमा, अर्का जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीलाई खटाइएको आयोगले जनाएको छ।

रावल चितवन जिल्ला अदालतका सबैभन्दा वरिष्ठ न्यायाधीश हुन् भने अधिकारी चौथो वरीयतामा छन्।

भरतपुरमा नेकपा (एमाले) ले विजयी सुवेदीलाई उम्मेदवार बनाउने भएको छ। सत्ता गठबन्धनबाट नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) दुवैले मेयरमा दाबी गर्दै आएका छन्।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नी छोरीलाई पुनः भरतपुरको मेयर बनाउन जोड दिंदै आएका छन्। पछिल्लो समय गठबन्धन हुने कि नहुने भन्नेमा राजनीति केन्द्रित छ । त्यसमाथि गठबन्धन भएपनि रेणुलाई कांग्रेसले सघाउने सम्भावना कम छ ।

अधिकृत हेरफेर हुँदा रेणुलाई जिताउन यस्तो गरिएको भन्दै सामाजिक संजालमा आक्रोश पोखिएको छ ।