तिलोत्तमा मेयरका लागि एमालेबाट मोहन र बासुदेवसहित चार जनाको नाम सिफारिस - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

तिलोत्तमा मेयरका लागि एमालेबाट मोहन र बासुदेवसहित चार जनाको नाम सिफारिस



काठमाडौं- नेकपा एमालेले रुपन्देहीको तिलोत्तमाको नगर प्रमुखका लागि चार जनाको नाम सिफारिस गरेको छ ।

एमाले तिलोत्तमाको प्रमुखका लागि बहालवाला मेयर वासुदेव घिमिरे, नेताहरू मोहन चापागाईँ, यज्ञ गैरे र दिनेश फुल्लेलको नाम सिफारिस गरिएको हो । यस्तै उपप्रमुखका लागि पाँच जनाको नाम सिफारिस गरिएको छ ।

बहालवाला उपमेयर जागेश्वरदेवी चौधरी, नेतृहरू देवी वाग्ले, रेनुका खरेल, जमुना लम्साल र संगीता गुरूङको नाम सिफरिस गरिएको हो ।

तिलोत्तमा नगर एमाले उपाध्यक्ष विष्णु पौडेल र नेता घनश्याम भुसालको क्षेत्र हो ।