गठबन्धनको पक्षमा निर्वाचन आयोगको निर्णय (विज्ञप्तिसहित) - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

गठबन्धनको पक्षमा निर्वाचन आयोगको निर्णय (विज्ञप्तिसहित)



काठमाडौं। निर्वाचन आयोगले स्थानीय तहको चुनावमा एक पदमा मात्र उम्मेदवारी दिने दलले महिला उम्मेदवार उठाउनुपर्ने भनेर गरेको निर्णय सच्याएको छ।

आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै स्थानीय चुनावमा पालिका प्रमुख वा उपप्रमुखमध्ये एक पदमा उम्मेदवारी दिने दलले अब पुरुष उम्मेदवार उठाउन सक्ने जनाएको हो।

यसअघि, गत २२ चैतमा आयोगले जारी गरेको १७ बुँदे निर्देशनमा प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उम्मेदवार बनाउनुपर्ने बताएको थियो।

तर, आज जारी विज्ञप्तिमा ‘स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिने राजनीतिक दलले महिलालाई उम्मेदवार मनोनयनमा प्राथमिकता दिने’ हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको उल्लेख छ।

आयोगको पुरानो निर्णयको सत्ता गठबन्धनमा रहेका दलहरुले विरोध गर्दै उक्त निर्णय सच्याउन आग्रह गरेका थिए।