इमरान खानमाथि अनुसन्धान सुरू, सहयोगीहरूलाई देश छाड्न प्रतिबन्ध - Himal Post Himal Post
  • ९ मंसिर २०८१, आईतवार
  •      Sun Nov 24 2024
Logo

इमरान खानमाथि अनुसन्धान सुरू, सहयोगीहरूलाई देश छाड्न प्रतिबन्ध



काठमाडौं । पाकिस्तानको संघीय अनुसन्धान एजेन्सीले पूर्व प्रधानमन्त्री इमरान खानका सल्लाहकार तथा मुख्य सचिवहरुलाई देश भन्दा बाहिर जान प्रतिवन्ध लगाएको छ ।

अनुसन्धान एजेन्सीले निकालेको सुची अनुसार इमरान खानका मुख्य सल्लाहकारको रुपमा परिचित शेहेवाज गिल , शेहेजाद अकबरसँग सँगै पूर्वमुख्य सचिव आजम खान , पटिआई सामाजिक संजाल प्रमुख अर्सलान खालिद र मोहम्मद रिजवान साथै पंजाब डायरेक्टर जनरल गौहर नासिफलाई देश छोड्नबाट प्रतिवन्ध लगाइएको छ ।

एग्जिट कन्ट्रोल लिस्ट मार्फत उनीहरुलाई देश छोड्न बाट रोक्न अधिक समय लाग्ने भए पश्चात अनुसन्धान एजेन्सीले ‘नो फ्लाई लिस्ट’ सार्वजनिक गर्दै उनीहरुलाई देश छोड्नबाट प्रतिवन्ध लगाएको हो ।

इमरान खान पदमुक्त भएसँगै आज पाकिस्तानमा नयाँ प्रधानमन्त्री चयन भएका छन् । विपक्षी दल पिएमएलनका नेता शेहेवाज सरिफ पाकिस्तानका नयाँ प्रधानमन्त्रीको रुपमा चयन भएका छन् ।