एकीकृत समाजवादीलाई निर्वाचन आयोगको डण्डा - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

एकीकृत समाजवादीलाई निर्वाचन आयोगको डण्डा



निर्वाचन आयोगले आचारसंहिता उल्लंघनका विषयमा नेकपा (एकीकृत समाजवादी)सँग स्पष्टीकरण सोधेको छ।

एकीकृत समाजवादीको काठमाडौं जिल्ला कमिटीले २६ चैतमा भृकुटीमण्डपमा आमसभा आयोजना गरेको थियो। सभालाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित नेताहरूले सम्बोधन गरेका थिए।

आमसभाका क्रममा निर्वाचन आचारसंहिता उल्लंघन भएको उजुरी आएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

सोमबार नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराउँदै प्रवक्ता पौडेलले भने, “नेकपा (एकीकृत समाजवादी) ले २६ चैतमा भृकुटीमण्डपमा आयोजना गरेको आमसभामा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उल्लंघन गरेको भन्ने गुनासो आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट जानकारी हुन आएकोले सो सम्बन्धमा के कसो भएको हो तीन दिनभित्र आधार प्रमाण सहित आयोगलाई चित्त बुझ्दो जवाफ माग गरिएको छ।”

स्थानीय तह चुनावका लागि आयोगले २५ चैतदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ।