ओलीले भने: देउवालाई देखेर मलाई हाँसो लाग्छ - Himal Post Himal Post
  • ५ असार २०८३, शुक्रबार
  •      Fri Jun 19 2026
Logo

ओलीले भने: देउवालाई देखेर मलाई हाँसो लाग्छ



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई देखेर आफूलाई हाँसो लाग्ने गरेको बताएका छन्। उनले देउवाका काम देखेर आफूलाई हाँसो लाग्ने गरेको बताएका हुन्।

बर्दियाको गुलरियामा आयोजित नेपाल भूमिहीन सुकुम्बासी संगठनको प्रथम केन्द्रीय महाधिवेसन कार्यक्रमको उद्घाटन सत्रको सम्बोधन गर्दै ओलीले गठबन्धनको सरकारले एमालेका पालोमा भएका काम उद्घाटन गरिरहेको बताए।

प्रधानमन्त्री शेरबहादुर देउवाले रेलको दिल्लीमा गएर उद्घाटन गरेको सुनाए। ‘मैले गरेको कामको उद्घाटन गरेकोमा देउवालाई धन्यवाद दिन चाहान्छु, उनले भने। मलाई हाँसो लाग्छ।’ उनका अनुसार काठमाडौँको चोभार स्थित सुख्खा बन्दरगाह प्रधानमन्त्री देउवा गत साता उद्घाटन गरे।

एमाले सरकारले कुनै पनि विकासको कामको सुरुवात गर्दा विरोध गर्ने वर्तमान सरकारले अहिले उद्घाटन गर्दा खुसी लाग्ने गरेको ओलीको भनाइ छ। देशमा एमाले सरकारले एकै वर्षमा ३ सय ९६ वटा अस्पताल शिलान्यास गरेको बताए।

‘सरकारबाट एमाले हाट्न साथ अहिलेको सरकारसंग पैसा छैन, ओलीले भने। फरक प्रसँगमा घरको धुरीमा एउटा गिद्ध बस्यो भने घर अशुद्ध हुन्छ र अल्छिन लाग्ने बताउँदै अहिले पाँच वटा गठबन्धन नामक घरको धुरीमा बसेका गिद्धले सरकार चलाएको भन्दै व्यंग्य गरे।