चुनाव हारेका प्रचण्डका भाई राष्ट्रिय सभामा मनोनित - Himal Post Himal Post
  • ५ असार २०८३, शुक्रबार
  •      Fri Jun 19 2026
Logo

चुनाव हारेका प्रचण्डका भाई राष्ट्रिय सभामा मनोनित



काठमाडौं- स्थानीय तह निर्वाचन आचार संहिता लागु भएकै दिन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालका भाई नारायणप्रसाद दाहाल (चितवन) राष्ट्रिय सभा सदस्यमा मनोनित भएका छन्।

सरकारको सिफारिशमा दाहाललाई सांसद मनोनित गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।

दाहाल २०६४ सालको संविधान सभामा चितवनबाट सभासद बनेका थिए। २०७० को चुनावमा भने उनी पराजित भएका थिए।