भुवन केसी काठमाडौंको मेयर उठ्ने, एमाले छोडे
काठमाडौं- अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन् ।
केसी उन्नत लोकतान्त्रिक पार्टीका तर्फबाट काठमाण्डौको मेयरमा उठ्न लागेका हुन् । स्वागत नेपाल अध्यक्ष रहेको पार्टीले काठमाण्डौको मेयरमा भुवन र उपमेयरमा रेश्मा लामालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
केसीको चुनाव चिह्न किताब हुनेछ । मेयरका उम्मेदवार केसीले महानगरवासीलाई सहरिया गरिबी, डेरावालका व्यवस्थापनका समस्या तथा घरेलु हिंसाका मुद्दामा सही न्याय दिँदै सामाजिक न्यायलाई प्रत्याभूत गर्ने विश्वास लिएको पार्टीले जनाएको छ ।
यसअघि केसी नेकपा एमालेमा थिए । उनले मेयर उठ्नका लागि अर्को दलमा आवद्ध भएका छन् ।