गगन थापाले ल्याए अर्थतन्त्र सुधार गर्ने नयाँ योजना - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

गगन थापाले ल्याए अर्थतन्त्र सुधार गर्ने नयाँ योजना



काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि आयात प्रतिस्थापन गर्दै निर्यातमुलक उद्योगलाई संरक्षण गर्ने नीति अवलम्बन गरिने बताएका छन्।

फेडरेसन अफ नेपाल एक्सपोर्ट एसोसिएसनका अध्यक्ष पवन कुमार गोल्यानले सोमबार महामन्त्री थापालाई नीतिगत सुधार गनुपर्ने विषयमा लिखित अनुरोध पेश गरेका हुन्। एसोसिएसनको सुझाव ग्रहण गर्दै महान्त्री थापाले मुलुकमा व्यापार घाटा बढिरहेको बेला स्वदेशमा उत्पादन हुन सक्ने वस्तुको आयात निरुत्साहित गर्ने नीति ल्याउने तयारी सरकारले गरिरहेको बताएका हुन्।

सरकार निर्माणको क्रममा रहेकाले मुलुकको अर्थतन्त्र आत्मनिर्भर बनाउन कांग्रेसले पहल गर्ने बताए। उनले भने, ‘स्वदेशमा उत्पादन गर्न सकिने वस्तुको सूची तयार गरेर निर्यात निरुत्साहित गर्नुपर्ने छ। सरोकारवालासँग छलफल गरेर नीतिगत निर्णय गर्न पहल गर्छौं।’

थापाले आगामी बजेटमा राख्नुपर्ने विषयको बारेमा विभिन्‍न पक्षसँग छलफल तथा सुझाव लिने काम गरिरहेका बताए।

एसोसिएसनका अध्यक्ष गोल्यानले निर्यातजन्य उद्योगको विकास गरी निर्यातलाई प्रबर्द्धन गर्ने नीति ल्याउन आग्रह गरे। स्वदेशमा उपलब्ध कच्चा पदार्थलाई प्रयोग गरी उत्पादन गरेको वस्तुको अपेक्षित रुपमा निकासी हुन नसकेको बताउँदै सुधार ल्याउन सरकारले सहयोग गर्नुपर्ने अध्यक्ष गोल्यानले माग गरे।