पुटिनविरुद्ध युद्ध अपराधको मुद्दा चलाउन बाइडेनको आह्वान - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

पुटिनविरुद्ध युद्ध अपराधको मुद्दा चलाउन बाइडेनको आह्वान



काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनविरुद्ध युद्ध अपराधका लागि मुद्दा चलाउन आह्वान गरेका छन्।

उनले युक्रेनमा अमानवीय ढंगले हत्या र हिंसा गरेको कारण आफूले रुसमाथि थप नयाँ नाकावन्दी लगाउने बताएका छन्। बाइडेनले युक्रेनको बुचा सहरको स्थितीबारे स्मरण गराउँदै पुटिनलाई ‘युद्ध अपराधी’को संज्ञा दिएका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले राजधानी किभलाई घेर्ने सहरहरुमध्ये एक बुचाको स्थलगत भ्रमण गरेपछि बाइडेनको यो अभिव्यक्ति सार्वजनिक भएको हो। युक्रेनी अधिकारीहरुले बुचामा नागरिकका थुप्रै शव भेटिएको दाबी गरेका थिए। जेलेन्स्कीले रुसी कार्यलाई ‘आम नरसंहार’को संज्ञा दिँदै पश्चिम जगतलाई रुसमाथि कडा नाकावन्दी लगाउन आह्वान गरेका छन्।

हालै रुसी नियन्त्रणबाट फिर्ता लिइएको बुचामा ४१० जना सर्वसाधारणको शव फेला परेको छ।