चितवनमा माओवादीलाई कांग्रेसले दियो झड्का
काठमाडौं । नेपाली कांग्रेस चितवनले माओवादी केन्द्रलाई झड्का दिएको छ । कांग्रेस भरतपुर महानगरपालिकामा मेयर पद नछाड्ने निर्णय गरेको छ । माओवादीले पनि मेयरमा आफ्नो दाबी हुने जनाउंदै आएको छ ।
जिल्ला कार्य समिति चितवनको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । त्यसअघि चितवन कांग्रेसले महाधिवेशन प्रतिनिधिलगायतसँग धारणा माग गरेको थियो ।
मेयर पद अरुलाई छाड्न नसकिने तर गठबन्धन पनि कायम राख्ने निर्णय भएको चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए ।
उनका अनुसार अघिल्लोपटक माओवादीलाई छाडिदिएको हुँदा अहिले कांग्रेसले सो पद पाउनुपर्नेछ ।