पाकिस्तानी प्रधानमन्त्रीले गरे संसद भङ्ग, नयाँ निर्वाचन घोषणा - Himal Post Himal Post
  • २ माघ २०८१, बुधबार
  •      Wed Jan 15 2025
Logo

पाकिस्तानी प्रधानमन्त्रीले गरे संसद भङ्ग, नयाँ निर्वाचन घोषणा



काठमाडौँ – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले राष्ट्रपति आरिफ अल्भीसमक्ष संसद भंग गर्न सिफारिस गरेका छन् ।

राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री खानले राष्ट्रपति समक्ष संसद भंग गर्नका लागि सिफारिस गरेका हुन् । उनले देशमा नया“ चुनावका लागि समेत आह्वान गरेका छन् ।

संसदमा अविश्वासको प्रस्ताव खारेज भएपछि प्रधानमन्त्री खानले संसद भंग गर्नका लागि सिफारिस गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । उनले लोकतान्त्रिक तरिकाले निर्वाचन हुनुपर्ने तथा पाकिस्तानी जनतालाई निर्वाचनका लागि तयारी गर्न आग्रह गरे ।

उपसभामुख कासिम खान सुरीले प्रधानमन्त्री खानविरुद्धको अविश्वासको प्रस्ताव असंवैधानिक भएको भन्दै खारेज गरेका छन् । अविश्वासको प्रस्तावमाथि मतदान हुनु केही घण्टा अघि विपक्षीले राष्ट्रिय सभाका सभामुख असद कैसर विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेपछि सुरी अध्यक्ष बनेका थिए ।