गठबन्धन गर्ने या नगर्ने भन्रे बारे कांग्रेसले आज निर्णय लिने - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

गठबन्धन गर्ने या नगर्ने भन्रे बारे कांग्रेसले आज निर्णय लिने



काठमाडौं। चुनावमा गठबन्धन केन्द्रीय तहबाटै कि स्थानीय तहको आवश्यकताअनुसार गर्ने भन्नेबारे नेपाली कांग्रेसले निर्णय लिँदैछ। जारी केन्द्रीय समिति बैठकमा आज (आइतबार) यसबारे छलफल हुने भएको हो।

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेपछि बस्नेछ। बैठकमा निर्वाचन घोषणापत्रबारे पनि छलफल हुने सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी दिए।

बैठकको पहिलो दिन शुक्रबार २२ जना नेताले धारणा राखेका थिए। उनीहरूमध्ये अधिकांशले गठबन्धन आवश्यक रहेको जोड दिएका थिए। केहीले गठबन्धनविना निर्वाचनमा जानुपर्ने धारणा राखेका थिए।

गठबन्धन आवश्यक रहेको भन्ने नेताहरू प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा निकट हुन्। गठबन्धनविना निर्वाचनमा जानुपर्ने मत राख्ने नेताहरू पार्टीका नेता डा शेखर कोइराला पक्षीय हुन्।