कुनै हालतमा प्रचण्ड र माधवलाई धोका दिन चाहान्नन् देउवा - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

कुनै हालतमा प्रचण्ड र माधवलाई धोका दिन चाहान्नन् देउवा



काठमाडौं- कांग्रेसमा संस्थापनइतर पक्षका नेताहरू चुनावी गठबन्धनको चर्को विरोध गरिरहेका छन् । सभापति शेरबहादुर देउवा गठबन्धनका दल र नेताहरूमाथि जथाभावी नबोल्न आदेश दिइरहेका हुन्छन ।

कांग्रेसमा अहिले दुबै पक्षको चिन्ता एउटै छ । देउवाले गठबन्धन नगरे धेरै स्थानमा जित्न नसकिने आंकलन गरेका छन् भने संस्थापनइतर पक्षले गठबन्धन गरेको खन्दमा धेरै स्थान्मा जित्न नसकिने बताउँछन् । सधैभरी गठबन्धन गर्दै जाँदा भारतको कंग्रेस आई जस्तओ बन्ने खतरा उनीहरूले देखेका छन् ।

तर देउवाले भने इतर समूहले गरेका धेरै कुराको वास्ता गरेका छैनन् । पार्टीको केन्द्रीय समिति बैठकमा होस् वा सार्वजनिक मञ्चमा सत्ता गठबन्धनप्रति देउवा निकै दृढ छन् ।

शुक्रबार केन्द्रीय समिति बैठकमा ओली आतंक नबिर्सिन निर्देशन दिएका देउवाले शनिबार राजधानीमा आयोजित कार्यक्रममा चुनावमा वाम गठबन्धनको संभावना अझै रहेकाले त्यसलाई रोक्नुपर्ने मत राखे ।

एमाले र माओवादी अझै मिल्ने संभावना घटेको छैन मिल्ने भए मिल्न दिऔँ । मैले त पार्टीको हितका लागि भनेको हो। भन्दै देउवा कड्किएका थिए । उनले प्रचण्ड नेपाललाई सँगै लैजान चाहन्छन् । गठबन्धनमा देउवा दृढ रहनुको पहिलो कारण उनी आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने कम्युनिस्ट शक्तिप्रति कृतज्ञ छन् । यो कुरा उनले शनिबार अभिव्यक्त पनि गरेका छन् । आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने दलहरूलाई अहिले ‘गेट आउट’ भन्न नमिल्ने बताइसकेका छन् ।

देउवाले भनेका छन, ओलीजीले संसद विघटन गरेपछि म चुनावकै पक्षमा थिएँ । पछि अदालतले संसद पुन:स्थापना गरेपछि म सबैको सहयोगमा प्रधानमन्त्री बनेँ । मलाई प्रधानमन्त्री बनाउने साथीहरूलाई अहिले ‘गेट आउट’ भन्न मिल्छ ?’

त्यतिमात्र होइन देउवा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति विशेष कृतज्ञ छन् । उनले आन्तरिक छलफलमा भन्ने गरेका छन्, ‘एमालेबाट माधवजीले विद्रोह नगरेको भए प्रधानमन्त्री बन्न संभव थिएन । उहाँको ठूलो सहयोगलाई भुल्नुहुँदैन ।’

जेठमा देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुन:स्थापनाको मागसहित १ सय ४६ जना सांसदले सर्वोच्चमा रिट हालेका थिए । त्यसमा तत्कालीन एमालेमा रहेका माधवकुमार नेपाल पक्षका सांसदहरू पनि सहभागी थिए । तीमध्ये १४ जनालाई पार्टीबाट निष्कासन गर्ने निर्णय एमालेले गरेको थियो ।

नेता नेपालसहित उनी पक्षका सांसदलाई दलविहीन हुनबाट जोगाउन देउवाले केन्द्रीय समितिमा वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न मिल्ने गरी अध्यादेश ल्याए । त्यसकै आडमा ९ भदौमा नेकपा एकीकृत समाजवादीले दलको मान्यता पाएको थियो ।

त्यतिमात्रै होइन एमाले फेरि शक्तिमा फर्किनेसक्ने त्रास देउवालगायत कांग्रेसका धेरै नेतामा देखिन्छ । भर्खरै सम्पन्न महाधिवेशनमा पनि देउवाले ओलीविरोधी भएकै कारणले जितेको चर्चा छ । सत्ता गठबन्धन कायम नरहेको अवस्थामा ओली आतंक फेरि फर्किनसक्ने बुझाई कांग्रेस कार्यकर्तामा छ ।

देउवाले प्रष्टै भनिसकेका छन, ‘तपाइँहरू गठबन्धन नगर्ने मात्रै भन्नुहुन्छ । ओलीआतंक नबिर्सिनुस् । ओलीविरुद्ध हामी लडेर आएका हौँ । उनको आतंकविरुद्ध अझै सहकार्य जरुरी छ ।’

गठबन्धन गरेर देउवाले कांग्रेसलाई शक्तिशाली बनाउन चाहेको उनी निकट नेताहरू बनाउँछन् । एक नेताका अनुसार महाधिवशेनमा तीनै तहको सरकारमा कांग्रेसले बहुमत ल्याउने प्रतिवद्धतासहित देउवा विजयी भएका हुन् । त्यसलाई पूरा गर्नका निम्ति एक्लै हिँडेर संभव हुँदैन भन्ने देउवाले बुझेका छन् ।

२०७४ सालको स्थानीय चुनावमा कांग्रेसले केही महानगरमा माओवादीसँग गठबन्धन गरेको थियो । पछि माओवादीले एमालेसँग गठबन्धन गर्‍यो । वाम गठबन्धन हुँदा संसदीय चुनावमा कांग्रेसलाई ठूलो धक्का पुगेको थियो ।

अहिले संसदीय चुनावमा नतिजा सुधारको अपेक्षाले पनि उनले गठबन्धनमा बल गरेको बुझ्न सकिन्छ । २०७४ सालको संसदीय निर्वाचनमा कांग्रेस ठूलो पार्टी बन्न असफल बन्यो । अहिले गठबन्धन गरेमा नतिजा सुधार गर्न सकिन्छ कि भन्ने आश देउवामा छ ।

देउवा गठबन्धनप्रति दृढ रहनु र केन्द्रीय समितिमा बहुमत उनको पक्षमा रहेकाले गठबन्धनबारे अन्यथा निर्णय कांग्रेसले लिने देखिँदैन ।