पललाई थुनामा पठाउन आदेश, अब के हुन्छ प्रक्रिया ? - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

पललाई थुनामा पठाउन आदेश, अब के हुन्छ प्रक्रिया ?



काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ ।

तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि विहीबार शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

प्रतिवादीद्वय पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरेका थिए ।

तनहुँ जिल्ला अदालतका एक नम्बर न्यायाधीश हरिषचन्द्र ढुंगानाको इजलासमा थुनछेक बहस भएको हो । जोशीसँग एक लाख रुपैयाँ धरौटी मागिएको छ।

एक नाबालिग गायिकाले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध १४ वर्ष कैद सजाय माग गर्दै अदालतमा अभियोग पत्र दर्ता गरेको थियो ।

तीनै पीडितले शाहविरुद्ध पूर्वीनवलपरासीमा पनि बलात्कारको जाहेरी दिएपछि त्यहाँको जिल्ला अदालतमा अभियोग पत्र दर्ता भइसकेको छ ।