प्रचण्डले भने: मन्त्रिपरिषद्‌मा हेरफेर हुँदैछ, माओवादीलाई छुट्टै भाग चाहिन्छ - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

प्रचण्डले भने: मन्त्रिपरिषद्‌मा हेरफेर हुँदैछ, माओवादीलाई छुट्टै भाग चाहिन्छ



काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्‍ड’ले मन्त्रिपरिषद्‌मा हेरफेरको कुरा चलिरहेको बताएका छन् ।

मंगलबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अनौपचारिकरूपमा मन्त्रिपरिषद् हेरफेरको कुरा चलिरहेको बताएका हुन् ।

अब मन्त्रिपरिषद् हेरफेर हुँदा माओवादीको हैसियतअनुसार मन्त्रालय चाहिने उनको भनाइ छ । ‘मन्त्रिपरिषद्‌मा हेरफेरको कुरा त चलेको छ । औपचारिक ढंगले टुंगिएको छैन,’ प्रचण्‍डले भने, ‘केही मन्त्रालय हेरफेर हुने सम्भावना छ । माओवादीले सबैभन्दा बढी त्याग गरेको छ ।

देउवाले महाधिवेशनसम्म त्याग गर्न भन्नुभयो । माधवजीले नयाँ छौँ भन्नुभयो । यदि हेरफेर हुने स्थिति आयो भने हाम्रो हैसियतअनुसार मन्त्रालय चाहिन्छ भन्या छौँ ।’

उनले गठबन्धनमा नेतृत्वमा कुनै तिक्तता नभएको बताए ।