पूर्व मन्त्रीसहित ठुलो टोली एमाले प्रवेश गर्दै - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

पूर्व मन्त्रीसहित ठुलो टोली एमाले प्रवेश गर्दै



काठमाडौं : समाजवादी जनता पार्टीका नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गर्ने भएका छन्।

मंगलबार दिउँसो पूर्वमन्त्री समेत रहेका प्रेमबहादुर सिंहसहित सिंगोपार्टी एमालेमा प्रवेश गर्न लागेका हुन्।

नेकपा एमालेले दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम गरेर उनीहरुलाई पार्टी प्रवेश गराउन लागेको हो।

अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई प्रवेश गराउने कार्यक्रम तय भएको छ। सिंह तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको मन्त्रिपरिषद्‍मा खानेपानी मन्त्री भएका थिए।