युक्रेनी राष्ट्रपतिले गरे अमेरिकी राष्ट्रपति बाइडेनको प्रशंसा - Himal Post Himal Post
  • ९ मंसिर २०८१, आईतवार
  •      Sun Nov 24 2024
Logo

युक्रेनी राष्ट्रपतिले गरे अमेरिकी राष्ट्रपति बाइडेनको प्रशंसा



काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी सहयोगप्रति आफू आभारी रहेको बताएका छन् । रुसी हमलाको सशक्त प्रतिकार गरेको युक्रेनलाई अमेरिकाले आर्थिक सहयोगको बचन दिँदै आएको छ ।

सहयोग र सहायताको प्रावधानमा अमेरिकी राष्ट्रपति जो बाइडेनको ‘व्यक्तिगत संलग्नता’ प्रति राष्ट्रपति जेलेन्स्कीले ऋणी भएको बताए ।

‘रूसी सैन्य मेसिन नरोकिने बेलासम्म’ अझै बढी सहयोग गर्न र थप प्रतिबन्धहरू जारी गर्न उनले अमेरिकी संसदलाई आह्वान गरे । रुसी संघका सबै राजनीतिज्ञलाई प्रतिबन्ध लगाउन उनले अमेरिकालाई सुझाव दिएका छन् ।

‘सबै अमेरिकी कम्पनीहरूले तुरुन्तै रुसी बजार छोड्नुपर्छ किनभने यो हाम्रो रगतले भरिएको छ,’ उनले थपे ।