संसद अधिवेशन अन्त्य गरेपछि एमालेले डाक्यो आकस्मिक बैठक - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

संसद अधिवेशन अन्त्य गरेपछि एमालेले डाक्यो आकस्मिक बैठक



काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले ससंदीय दलको बैठक आह्वान गरेको छ। संसद अधिवेशन अन्त्य गर्ने निर्णय भएको भोलिपल्ट एमालेले दिउँसो ३ बजे दलको बैठक बोलाएको हो। बैठक नयाँबानेश्वरमा बस्दैछ।

मंगलबारको मन्त्रिपरिषद बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। राष्ट्रपति भण्डारीले सरकारको सिफारिसमा राति १२ बजेदेखि नै लागु हुने गरी संसद अधिवेशन अन्त्य गरेकी थिइन्।

संसदमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव पेश भएको थियो। चैत २ गते बस्ने भनिएको संसद बैठकमा प्रस्तावमाथि छलफल गर्ने कार्यसूची थियो। तर, छलफल नहुँदै अधिवेशन अन्त्य भएको हो। संसदमा नागरिकतालगायत नागरिक सरोकारसँग सम्बन्धित ४२ वटा महत्वपूर्ण विधेयक अलपत्र छन्।