रवीन्द्र मिश्रले भने: अरबिन्द केजरीवाल तानाशाही हुन् - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

रवीन्द्र मिश्रले भने: अरबिन्द केजरीवाल तानाशाही हुन्



विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले आम आद्मी पार्टीका नेता अरबिन्द केजरीवाल तानाशाही भएको बताएका छन् । मिश्रले केजरीवालको आलोचना कसैले नगरेको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् ।

मिश्रले नेपालमा पाँच वर्षमै वैकल्पिक राजनीतिबाट बढी नै अपेक्षा गरेकाे समेत बताएका छन् ।

भारतमा अरबिन्द केजरीवालकाे आम आदमी पार्टी दिल्लीपछि पञ्जाब बिस्तारित भएकाे सन्दर्भमा नेपालका वैकल्पिक भनिएका पार्टीबारे गरिएकाे टिप्पणीकाे प्रतिक्रियामा मिश्रले केजरीवालकाे पार्टीसँग पहिलाे सफलताकाे अगाडि १३ वर्षकाे इतिहास रहेकाे बताएका हुन् । विगत अभियान, उपलब्धि र भ्रष्टाचारविराेधी अभियन्ता अन्ना हजारेकाे नामले केजरीवाललाई राजनीतिमा स्थापित हुन सहयाेग पुगेकाे तर्क मिश्रले पेस गरेका छन् ।

केजरीवाललाई शुभकामना भन्दै मिश्रले ट्वीट गरेका छन्, ‘केजरीवाल सन् २००० तिरबाटै भ्रष्टाचारविरोधी अभियानमा संलग्न थिए । सन् २००६ मा विख्यात म्यागसेसे पुरस्कार पाए । अन्ना हजारेसँग काम गरे र सन् २०१३ मा पहिलो पटक दिल्लीको मुख्यमन्त्रीमा विजय भए । पहिलो सफलताको अगाडि १३ वर्षको इतिहास छ । नेपालमा ५ वर्षमै ‘वैकल्पिक’ राजनीतिबाट बढी नै अपेक्षा गरियो कि ?’

उनले नेपालमा वैकल्पिक पार्टीमा लोकतन्त्र नभएकाे आराेप लगाउनेहरूले आम आदमी पार्टीमा केजरीवालले ‘तानाशाही’ तरिका अवलम्बन गरेको, महाधिवेशन नगरेको, असीमित पटक संयोजक हुने बाटो राखेकोबारे केही टिप्पणी नगरेको समेत लेखेका छन् ।