एमालेका गाउँपालिका अध्यक्षसहित दर्जनौं नेता कांग्रेस प्रवेश - Himal Post Himal Post
  • २३ माघ २०८२, बिहीबार
  •      Thu Feb 5 2026
Logo

एमालेका गाउँपालिका अध्यक्षसहित दर्जनौं नेता कांग्रेस प्रवेश



काठमाडौं – नेकपा एमालेका दर्जनौं नेता तथा कार्यकर्ता नेपाली कांग्रेस प्रवेश गरेका छन्।

कांग्रेस प्रवेश गर्नेमा एमालेबाट निर्वाचित वलेफी गाउँपालिका, सिन्धुपाल्चोकका अध्यक्ष तथा एमाले बागमती प्रदेशका केदार क्षेत्रीसमेत रहेका छन्।

यस्तै एमाले सिन्धुपाल्चोकका जिल्ला सदस्य कृष्ण क्षेत्री, एमाले नेता विष्णु तिमिल्सिनालगायत पनि कांग्रेस प्रवेश गरेका छन्।

उनीहरुलाई पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा कांग्रेसका सभापति शेरबहादुर देउबाले पार्टी सदस्यता दिएका थिए।