प्रचण्डको गुनासो: हामीले भनेको देउवाले मानेनन् - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

प्रचण्डको गुनासो: हामीले भनेको देउवाले मानेनन्



काठमाडौं। सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले संसद् विघटनको प्रस्ताव गरेको खुलासा गरेका छन्।

काठमाडौंमा बसेको पार्टीको केन्द्रीय समिति बैठकलार्य सम्बोधन गर्दै प्रचण्डले आफूले संसद् विघटनको प्रस्ताव गरेको भए पनि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तयार नभएको खुलासा गरेका हुन्।

बैठकमा प्रचण्डले आफू र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धनमा संसद् विघटनको प्रस्ताव गरे पनि प्रधानमन्त्री देउवा तयार नभएका बताएका बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए।

माओवादी केन्द्रको आजको उक्त बैठकले अध्यक्ष प्रचण्डका छोरी र ज्वाइँसहित ९७ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। बैठकले प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यलगायतलाई मनोनीत गरेको हो।

यसअघि, २४६ केन्द्रीय सदस्य रहेकामा अब माओवादी केन्द्रमा थपिएका ९७ जनासहित ३४३ जना पुगेका छन्।