रुसद्वारा युद्धविरामको घोषणा - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

रुसद्वारा युद्धविरामको घोषणा



किभ : रुसले युद्धविरामको घोषणा गरेको छ। बीबीसी संवाददाता जेम्स वाटरहाउसले रुस र युक्रेनबीच जारी युद्धको दसौं दिनमा रसियाले युद्धविरामको घोषणा गरेको बताएका छन्।

सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले सो जानकारी दिएका हुन्। उनका अनुसार रूसी रक्षा मन्त्रालयले रूसी सेनाले मस्को समय १० बजे आक्रमण रोक्न बताएको छ। मानिसहरूलाई मद्दत गर्न मानवीय कोरिडोरहरू खोल्न सकियोस् भनेर उक्त कार्य गरिएको हो।

यस मार्फत, मारिउपोल र भोल्नोभाखा सहरका नागरिकहरूलाई मद्दत गरिनेछ।

रुसी सरकार समर्थित मिडिया स्पुतनिकले पनि यो युद्धविराम ६ बजेदेखि लागू हुने र यस अवधिमा सर्वसाधारणलाई सहयोग गर्न मानवीय करिडोर खोलिने जानकारी दिएको समाचार बीबीसीमा छ।

युक्रेनको धेरैजसो क्षेत्रमा विनाशकारी मानवीय संकटको आशंका व्यक्त गरिएको बेला युद्धविरामको घोषणा गरिएको हो। किभ, खार्किभ, सुमी, चेर्निगोभ र मारिउपोल सहरहरू सबैभन्दा बढी युद्ध प्रभावित भएका छन्।

युक्रेनका राष्ट्रपतिका सहयोगी मिखाइल पोडोलियाकले करिब २ लाख मानिसहरू मारियुपोल छोड्ने प्रयास गरिरहेको बताए। लगभग २० हजार मानिसहरू डोनेट्स्क क्षेत्रको भोल्नोभाखा क्षेत्र छोड्न चाहन्छन्।

हाल युक्रेनको सबैभन्दा ठूला बन्दरगाह भएका दुई सहर मारिउपोल र भोल्नोभाखालाई रुसी सेनाले घेरेको छ र यहाँ आक्रमण जारी छ।बीबीसी