संसद बैठक रोकेर संसद भवनभित्रै वार्तामा बसे देउवा र ओली, अन्तिम सहमति प्रयास
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच अहिले वार्ता भइरहेको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा देउवा र ओलीबीच संवाद भइरहेको एक सांसदले जानकरी दिए । छलफलमा कांग्रेसका तर्फबाट सांसद गगन थापालगायत पनि सहभागी छन् ।
आज दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक भोलिसम्मका लागि स्थगन गरेर उनीहरू संवादमा जुटेका हुन् ।
सत्ता गठबन्धनमा आबद्ध दलहरूले संसद्मा टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदन गर्न सहयोग नगर्ने भएपछि देउवा–ओली संवादमा जुटेका हुन् ।
“सहकार्यको निर्णायक प्रयासका रूपमा यसलाई बुझे हुन्छ,” स्रोतले भन्यो ।