माधव नेपालले भने: सरकार जेसुकै होस्, एमसीसीमा हाम्रो समर्थन छैन
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी पास गर्ने विषयमा आफूहरूको समर्थन नरहेको बताएका छन् ।
संसद् बैठकपछि उनले सञ्चारकर्मीसँग सरकारले जेसुकै भएपनि एमसीसी पास गर्न विषयमा आफूहरूको समर्थन नरहने बताए ।
“एमसीसी पास गर्ने कुरामा हाम्रो समर्थन छैन । सरकार जे हुन्छ हुन्छ,” उनले भने ।