पैसासँग देश साट्न सकिँदैन : पौडेल
काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले ‘देश पैसासँग साट्न नसकिने’ बताएकी छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्मा टेबल नगरी खारेज गर्नुपर्ने बताइन् ।
५५ अर्ब रुपैयाँको अगाडि देशको राष्ट्रियताको सवाल जटिल बन्दै गएको भन्दै उनले नेपालको संविधानमाथि हुने एमसीसी मान्य नहुने बताइन् ।
“यो सहयोग हो भने विगतमा पनि अमेरिकाले दिएको छ । तर, सदनबाट पास गर्ने व्यवस्था थिएन । आज किन सभाबाट पास गर्नुपर्ने बाध्यता भयो त ?,” उनले प्रश्न गरिन् ।
देश रहे नेपाली रहने भन्दै उनले देश नरहे पार्टीको अस्तित्व पनि नरहने बताइन् ।