गठबन्धनले सहमति गरेपनि सभामुखले एमसीसी संसदमा नलैजाने
काठमाडौं । सत्तारुढ गठबन्धनभित्र अमेरिकी सहयता परियोजना (एमसीसी) संसदमा टेबल गर्ने सहमति बनेपछि सभामुख अग्नि सापकोटाले भने एमसीसी सदनमा नलग्ने भएका छन् ।
सरकारले आजको सदनमा पेस गर्ने तयारी गरिरहेको बेला सभामुख सापकोटाले एमसीसीमात्रै सदनमा नलैजाने अडान राखेका हुन् । अहिले बानेश्वरमा प्रतिनिधिसभाको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक जारी छ ।
सभामुख र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलपछि उनले एमसीसीमात्रै सदनमा नलैजाने अडान राखेका हुन् ।
सभामुख सापकोटा सदनको अवरोध खुल्नुपर्ने र अन्य महत्वपूर्ण विधेयक पनि छलफलका लागि लैजानुपर्ने अडानमा छन् ।
नागरिकतालगायतका महत्वपूर्ण विधेयक संसदीय समितिमा अड्किराखेको भन्दै ती विधेयक पनि एमसीसीसँगै पेस गर्नुपर्ने उनको अडान छ ।