एमालेको छुट्टै जनअदालत चलाउने केपी ओलीको घोषणा
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको छुट्टै जनअदालत चलाउने बताएका छन् । उनले अब सर्वोच्च अदालत नभइ जनअदालतको निर्णयमा नेकपा एमाले जाने भन्दै यस्तो घोषणा गरेका हुन् ।
सर्वोच्च अदालतको परमादेश दिने निर्णयप्रती निकै रुष्ट देखिएका ओलीले एमालेको छुट्टै जनअदालत बनाउने बताएका थिए । उनले त्यो अदालतले सर्वोच्च अदालतले भन्दा फरक फैसला गर्ने बताए ।
यसका लागि आजैदेखि तयारी थाल्न उनले आग्रह गरेका छन् । उनले एमालेको जनअदालत माओवादीको जस्तो दुई चार जनाले चलाउने र तर्साउने नभइ लाखौं मानिसको सहभागीत हुने बताए ।
शनिवार सूर्यविनायक अस्पताल उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा उनले जनताभन्दा माथि केही नभएको र जनताले दिएको आदेश मान्ने उनले बताए ।