एमसीसी संसद्‍मा टेबल गरौं, सार्वभौम सांसद्‍ले निर्णय गर्छन् : ओली - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

एमसीसी संसद्‍मा टेबल गरौं, सार्वभौम सांसद्‍ले निर्णय गर्छन् : ओली



काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसीलाई संसदमा लगेर टुगोंमा पुर्‍याउनुपर्ने बताएका छन्। शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा ओलीले एमसीसीलाई जनताको सार्वभौम संसदमा लगेर टुगोंमा पुर्‍याउनुपर्ने दोहोर्‍याएका हुन्।

‘हामीले सरकारमा रहँदा संसदमा एमसीसी पेश गरौं भनेका थियौं। संसदलेनै निर्णय गर्छ। संसदमा हामीले छानेर पठाएका जनप्रनिधिहरु छन्। निर्णय गर्ने ठाउँमा त पुर्‍याइदिऔं।’उनले भने, ‘तर, उनीहरुले संसदमा पुर्‍याउन सकेनन्। अहिले पनि निर्णय गर्ने ठाउँमा पुर्‍याउन सकेका छैनन्। बाहिर बुरुक्क-बुरुक्क उफ्रिन्छन्। संसदमा नपुर्‍याउने बाहिर बुरुक्क बुरुक्क उफ्रिने ? ’

‘अन्तर्राष्ट्रिय सम्बन्धको कुरा गर्दा ५ वर्ष अघि यिनीहरु(गठबन्धन)ले एमसीसी सम्झौता गरे। एमसीसीमा ५ वर्ष अगाडि अहिले सरकारमा जो छ उनीहरुले नै सम्झौता गरे। एमसीसीलाई ठगी खाने भाँडो बनाउँदैछन्। चुनावपछि एमालेको सरकार बन्यो। एमसीसी पास गर्नुहुँदैन एमालेलाई सरकारबाट हटाएपछि पास गर्छौ भनेर पर सार्दै, सार्दै सार्दै लगे।’ ओलीले भने, ‘अब अहिले अन्तर्राष्ट्रिय सम्बन्ध , नेपालको विदेश सम्बन्धलाई तहसनहस पारेका छन्।’