गठबन्धनलाई पानीमुनि गएपनी छोड्दिन: केपी ओली - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

गठबन्धनलाई पानीमुनि गएपनी छोड्दिन: केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पाँच दलीय गठबन्धनलाई पानीमुनि गए पनि नछाड्ने बताएका छन् ।

आगामी चुनावमा गठबन्धनसँग एमाले एक्लै भिड्न तयार रहेको बताउँदै ओलीले चुनावी परिणामले नै गठबन्धन पत्तासाफ हुने दाबी गरे ।

‘यो स्वार्थी गठबन्धन टिक्दैन, टिके पनि हामी पानीमुनि गए पनि छाड्दैनौं’, ओलीले भने’, फेरि चुनाव आउँछ, त्यसपछि गठबन्धनकाहरुलाई टर्च बालेर खोज्नु पर्छ ।’

भक्तपुरमा सूर्य विनायक नगर अस्पतालको उद्घाटन समारोहमा गर्दै अध्यक्ष ओलीले अहिलेको ‘तिकडमबाजी सरकार’ अब धेरै नटिक्ने पनि बताए । उनले देशमा लोकतन्त्र आएकाले कुनै गलत नियतबाट बनेको अहिलेको सरकारको विकल्प पनि हुने बताए । उनले भने– देशमा प्रजातन्त्र आएको छ, अब फेरि गतिलो सरकार बन्छ ।