ओलीले भने: गठबन्धनका पाँच नेता होइनन्, यी पाँच ‘गिद्ध' हुन् - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

ओलीले भने: गठबन्धनका पाँच नेता होइनन्, यी पाँच ‘गिद्ध’ हुन्



काठमाडौं । अहिलेको सत्तागठबन्धनमा आवद्ध पाँच दललाई ‘गिद्ध’को संज्ञा दिँदै पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने, ‘पाँचवटा गिद्ध धुरीमा बसेको छ, देशमा कसरी राम्रो हुन्छ रु एउटा मात्रै गिद्ध धुरीमा बस्दा त राम्रो मानिँदैन, अहिले त पाँचवटा गिद्ध बसेका छन् ।

भक्तपुरमा सूर्य विनायक नगर अस्पतालको उद्घाटन समारोहमा गर्दै अध्यक्ष ओलीले अहिलेको ‘तिकडमबाजी सरकार’ अब धेरै नटिक्ने पनि बताए । उनले देशमा लोकतन्त्र आएकाले कुनै गलत नियतबाट बनेको अहिलेको सरकारको विकल्प पनि हुने बताए । उनले भने– देशमा प्रजातन्त्र आएको छ, अब फेरि गतिलो सरकार बन्छ ।

आफ्नो सरकारको पालामा व्यापक विकासका काम गरेको भन्दै उनले एमालेको सरकार बनेपछि देशमा फेरि समृद्धिको लहर आउने बताए ।