ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल: शरद, सागर र गुलशन बेन्चमा - Himal Post Himal Post
  • ३ आश्विन २०८१, बिहीबार
  •      Thu Sep 19 2024
Logo

ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल: शरद, सागर र गुलशन बेन्चमा



काठमाडौं । टी ट्वान्टी विश्वकप छनोटको पहिलो खेलमा नेपालले टस हारेर ब्याटिङ पाएको छ।

ओमानको अल अमिराद स्टेडियममा नेपाली टिमले अनुभवी ब्याटसम्यान शरद भेषावाकरसँगै सागर ढकाल र गुलशन झालाई बेन्चमा राखेको छ। नेपालको ओपनिङ कुशल भर्तेल आशिफ शेफले गर्नेछन् भने मध्यक्रममा दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल र आरिफ शेख रहनेछन्।

फिनिसरका रूपमा विवेक यादव र लोकेश बमले ब्याटिङ सम्हालेन्छन्। फास्ट बलिङमा कमलसिंह ऐरी, जितेन्द्र मुखिया र अभिनाश बोहरा रहेका छन्। प्रमुख स्पिनरका रूपमा भने कप्तान सन्दीप मात्र छन्।

यसअघि ओमानसँगको हेड टू हेडमा दुई खेलमा एक एक खेल जितेका छन्।