सकियो गठबन्धनका तीन दलको बैठक - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

सकियो गठबन्धनका तीन दलको बैठक



काठमाडौं- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकेसम्म सत्ता गठबन्धन जोगाउने बताएका छन्।

साँझ बस्ने सत्ता गठबन्धनको बैठकअघि प्रचण्डले दिउँसो नेकपा (एकीकृत समाजवा)का अध्यक्ष माधवकुमार नेपाल र जसपाका नेता राजेन्द्र श्रेष्ठसँग बैठक गरेका थिए। बैठकपछि छोटो प्रतिक्रिया दिएका उनले आफूहरूले गठबन्धन बचाउनेमै जोड दिए।

एमसीसीको विषय पेचिलो बन्दै गएपछि एकैखाले धारणमा बनाउन नेताहरू छलफलमा जुटेका हुन्। सत्ता गठबन्धनको बैठक अहिले साँझ ५ बजे बस्ने जनाइएको छ।

बुधबार बिहान माओवादी बैठकले यही अवस्थामा संसदमा एमसीसी लगे सरकार छाड्ने चेतावनी दिइरहेको छ भने नेकपा एसले मौन विरोध गरिरहेको छ। तीन नेताबीचको भेटपछि अध्यक्ष नेपालले भने प्रतिक्रिया दिएनन्। यद्यपि उनले बैठक गोप्य भएको बताए।