युक्रेन आक्रमण गर्ने योजनाबाट पुटिन 'ब्याक', सीमाबाट सैनिक फिर्ता - Himal Post Himal Post
  • ९ मंसिर २०८१, आईतवार
  •      Sun Nov 24 2024
Logo

युक्रेन आक्रमण गर्ने योजनाबाट पुटिन ‘ब्याक’, सीमाबाट सैनिक फिर्ता



काठमाडौँ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन आक्रमणबाट ब्याक भएका छन् । पुटिनले रुसले युद्ध नचाहेको बताएका छन् ।

जर्मन चान्सलर ओलाफ स्कोल्जसँगको वार्तापछि बोल्दै पुटिनले यसका लागि रुसले वार्ताको प्रस्ताव गरेको तर सकारात्मक जवाफ नआएको बताए ।

युरोपेली सुरक्षा र क्षेत्रप्यास्त्रको बारेमा छलफल गर्न मस्को तयार रहेको पुटिनको भनाइ छ ।

पुटिनले युक्रेनको नेटो सदस्यता सम्बन्धी प्रश्नलाई समाधान गर्न आवश्यक रहेको बताए ।

रुसी रक्षा मन्त्रालयले युक्रेनसँगको सीमानाबाट केही फौजहरूलाई अभ्यास पूरा भएपछि उनीहरूको शिविरमा फिर्ता गरिएको बताएको छ ।

यसैबीच, पुटिनले युक्रेनले डोनबासमा जातिसंहार गरेको आरोप पनि लगाएका छन् ।

उनले यस्तै आरोप यसअघि पनि लगाएका थिए । डिसेम्बरमा उनले रुसोफोबिया नरसंहारतर्फको पहिलो कदम हो भनेका थिए । डोनबासमा रुसी भाषी मानिसहरूको बसोबास छ । त्यहाँ रुस समर्थित विद्रोही र युक्रेनबीच द्वन्द्व छ । बीबीसी