आलेलाई नैतिकताको आधारमा राजीनामा दिन आफ्नै पार्टीको दवाव, परामर्श गर्दै
काठमाडौं- पर्यटन जस्तो सभ्यतासँग जोडिएको मन्त्रालय सम्हालेका प्रेम आलेले सुन्नै नसकिने अश्लिल गाली गलौज गरेको अडियो सार्वजनिक भएको छ ।
अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा मन्त्री आलेको चर्को आलोचना भैरहेको छ । मन्त्री जस्तो पदमा बसेका आलेलाई नैतिकताको आधारमा राजीनामा गर्न दवाव परेको छ ।
एकीकृत समाजवादीकै नेताहरूले उनलाई नैतिकताको आधारमा राजीनामा दिन दवाव दिएपछि आले परामर्श गरिरहेको बताइएको छ ।
आले निकट स्रोतका अनुसार अडियो सार्वजनिक भएपछि उनी तनावमा छन् । बिहानैदेखी उनी परामर्शमा जुटेका छन् ।