आलेको अडियो काण्ड: उठाईदिने र मारिदिने धम्की, सुन्न नसकिने अश्लील गाली
काठमाडौं- कहिले कर्मचारीलाई साँढे त कहिले व्यापारीमाथि हमला गरेर चर्चामा आएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको अश्लिल गाली गलौज बाहिरिएको छ ।
आफूलाई सामाजिक संजालमा कमेन्ट गरेको भन्दै निकै तल्लो स्तरमा झरेर गालिगलौजमा गरेका छन । अडियोमा सुनिएअनुसार उनले ती नेपालीलाई अपहरण गर्ने सम्मको धम्की दिएका छन् ।
मन्त्री आलेले भारतमा रहेका एक नेपाली युवालाई बसेकै ठाउँबाट उठाईदिने र मारिदिने धम्की समेत दिएका छन् । मन्त्री आलेले निकै तल्लो स्तरमा झरेर ती नेपालीलाई धम्क्याएका छन् ।
उठाइदिने, उडाईदिने र काटिदिने भन्दै एउटासार्वजनिक पदमा बसेको ब्यक्तिले निर्लज्ज बनेर बोलेका छन् । अडियोमा प्रेम आलेले आफूलाई अत्यन्त तल्लो स्तरमा झारेर बोलेका छन् ।