याक एण्ड यति होटल बन्द गराउन प्रशासनलाई गृहमन्त्रालयको निर्देशन - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

याक एण्ड यति होटल बन्द गराउन प्रशासनलाई गृहमन्त्रालयको निर्देशन



काठमाडौँ- गृह मन्त्रालयले याक एण्ड यति होटल र क्यासिनो बन्द गराउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयले आइतबार काठमाडौँ जिल्ला प्रशासनलाई पत्र लेखेर पर्यटन मन्त्रालयबाट भएको निर्णय कार्यान्वयनका लागि आवश्यक कारबाही अघि बढाउन निर्देशन दिएको हो ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले गत माघ २६ गते मन्त्रीस्तरीय निर्णयबाट ४२ करोड राजश्व नतिर्ने याक एण्ड यति होटल बन्द गर्नेगरी पाँचतारे वर्गिकरण रद्द र क्यासिनोको लाइसेन्स पनि खारेज गरेका थिए ।
त्यतिमात्रै होइन पर्यटनमन्त्रालयले होटल याक एण्ड यतिको चलअचल सम्पत्ति रोक्का गरेर होटल बन्दको निर्णय गरेको थियो ।

होटलको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको कारोबार पनि रोक्का गर्ने मन्त्रालयको निर्णय थियो । सोही निर्णय कार्यान्वयन गर्न गृह मन्त्रालयले प्रशासनलाई निर्देशन दिएको हो ।