देउवाका ज्योतिषको भविष्यवाणी: चोलेन्द्रको महाभियोगले सत्ता गठबन्धनमाथि अनिष्ठ हुने - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

देउवाका ज्योतिषको भविष्यवाणी: चोलेन्द्रको महाभियोगले सत्ता गठबन्धनमाथि अनिष्ठ हुने



काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गर्ने निर्णयले सत्ता गठबन्धनलाई नै प्रभावित पार्ने प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिषले भविष्यवाणी गरेका छन् ।

ज्योतिषी तथा वास्तुविद् सुरेशचन्द्र रिजालले महाभियोग दर्ता नै शक्तिशाली कालसर्प योगमा परेकाले सत्ता पक्षलाई नै यसको गम्भीर असर पर्न सक्ने योग निर्माण भएको बताएका हुन् ।

जबरालाई महाअभियोग दर्ता गरेको समय नै काल सर्प योगमा परेकाले सत्ता गठबन्धनलाई नै प्रभाव पार्ने देखिएको छ

प्रधानन्यायाधीश राणाको अपमानजनक बहिर्गमनको योग वर्तमान समयमा निर्माण नभएको उनको भनाइ छ । सत्ता पक्षलाई ६० दिन खड्गो छ भनेर माघ १८ गते नै जानकारी गराई सकेको रिजालले उल्लेख गरेका छन् ।

काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले आइतबार प्रधानन्यायाधीश राणाविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका थिए ।