सभामुखले डाकेको सर्वदलीय बैठकमा के भयो कुरा ? - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

सभामुखले डाकेको सर्वदलीय बैठकमा के भयो कुरा ?



काठमाडौं । सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठक सकारात्मक रहेको बताएका छन् ।

सिंहदरबारमा बसेको सर्वदीय बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीका क्रममा सभामुख सापकोटाले बैठक निकै स्तरीय रहेको बताएका हुन् ।

“निकै नै स्तरीय बैठक भयो । विपक्षी दलको उपस्थिति भएको भएको निष्कर्षमा पुग्थ्यो होला,” उनले भने ।

बैठकमा एसीसीसहित पछिल्ला विकसित राजनीतिक घटनामा नेताहरूले आफ्नो धारणा राखेको उनले बताए । आफू नेताहरूले राखेको धारणामा सकारात्मक रहेको पनि उनले बताए ।

नेताहरूकाअनुसार बैठकले कुनै ठोस निर्णय भने गरेको छैन ।