आफ्नो प्रस्ताव पारित भए एमसीसीको पक्षमा मतदान गर्ने एमालेको घोषणा - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

आफ्नो प्रस्ताव पारित भए एमसीसीको पक्षमा मतदान गर्ने एमालेको घोषणा



काठमाडौँ- नेकपा एमालेले अमेरिकी सहायता परियोजना (एमसीसी) संसदमा टेबुल भए संशोधन प्रस्ताव दर्ता गर्ने बताएको छ । आफूहरूले गरेको संशोधन प्रस्ताव स्वीकार भएमा एमसीसीको पक्षमा मतदान गर्ने घोषणा पनि एमालेले गरेको हो ।

सोमबार बसेको एमाले संसदीय दलको बैठकमा सांसद शेरबहादुर तामाङले भने, ‘एमसीसी संसदमा टेबुल भएमा संशोधन दर्ता गर्छौँ । हाम्रो संशोधन स्वीकार भएमा पक्षमा मतदान गर्छौँ ।’

एमसीसीलाई लिएर सत्तारुढ पाँच दलीय गठबन्धनमा दरार उत्पन्न भएका बेला एमालेको पछिल्लो धारणा आएको हो । यसअघि एमालेले पहिले सत्ता गठबन्धनले एक धारणा बनाएपछि मात्रै एमसीसीबारे आफूहरूले बोल्ने बताएको थियो ।