कपिलवस्तुमा गुडिरहेको बसभित्र दनदनी आगो लाग्यो - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

कपिलवस्तुमा गुडिरहेको बसभित्र दनदनी आगो लाग्यो



कपिलवस्तुमा गुडिरहेको यात्रु बसमा अचानक आगलागी भएको छ।

बुद्धभूमि नगरपालिका ४ बुड्डीमा भे१ख २९५६ नम्बरको बसमा आइतबार राति आगलागी भएको हो। आगलागीबाट बस पूर्णरुपमा जलेर नष्ट भएको छ।

बसको विद्युत् सर्किट सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ। बसमा आगो लागेपछि यात्रुहरुले निस्किएर ज्यान जोगाएका छन्।

यात्रुका केही सामान भने जलेको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक लीलामणि आचार्यले जानकारी दिए।

प्रहरीले शिवराज नगरपालिका र कपिलवस्तु नगरपालिकाको दमकलको सहायतामा आगो निभाएका छन्।