हटाइसकेको चोलेन्द्रको फोटो सर्वोच्चले फेरि राख्यो - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

हटाइसकेको चोलेन्द्रको फोटो सर्वोच्चले फेरि राख्यो



काठमाडौँ- आइतबार दिउसो हटाइसकेको निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको फोटो सर्वोच्च अदालतले फेरि राखेको छ । निलम्बित भैसकेका उनको फोटो हटाउनुपर्नेमा फेरि राखिएको छ ।

दिउसो फोटो वेबसाइटबाट हटाएको थियो तर अहिले फेरि राखीएको छ । सर्वोच्चले जबराको फोटो किन हटायो र फेरि किन राख्यो भन्नेबारे केही जानकारी दिइएको छैन ।

संसद सचिवालयमा ९८ सांसदले उनीविरुद्ध महाभियोग दर्ता गराएपछि उनको फोटो आइतबार दिउँसो वेबसाइटबाट हटाइएको थियो भने कामु प्रधानन्यायाधीश भनेर दीपककुमार कार्कीको नाम उल्लेख गरिएको थियो ।

तर आइतबार साँझ फेरि फोटो नाम प्रधानन्यायाधीशकै हैसियतमा राखिएको छ । दीपककुमारको नाम भने कामुकै हैसियतमा यथावत छ ।

जबरा निलम्बनमा परेपछि दोस्रो वरीयताका न्यायाधीश कार्की कामु प्रधानन्यायाधीश बनेका हुन् । अब उनी न्याय परिषद्को अध्यक्ष तथा संवैधानिक परिषद्को सदस्यको समेत भूमिका रहनेछन् ।